मंगलबार, साउन १२, २०८३

भारतमा कोरोना संक्रमणबाट ४२ हजार ५१८ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९३३ जनाको मृत्यु भएको छ। यस्तै थप ६१ हजार ५३७ मा कोरोना संक्रमण भएको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९३३ जनाको मृत्यु भएको छ। यस्तै थप ६१ हजार ५३७ मा कोरोना संक्रमण भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित हुने प्रान्तमा कर्नाटक, विहार र आन्ध्र प्रदेश छन्।

भारतमा अहिलेसम्म २० लाख ८८ हजार ६११ जनामा कोरोना संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ४२ हजार ५१८ छ।

छ लाख १९ हजार ८८ जनाको उपचार भइरहेको छ भने १४ लाख २७ हजार पाँच जनालाई निको भएको छ। निको हुनेको प्रतिशत ६८.३२ रहेको मन्त्रालयले जनाएको छ।

भारतमा पछिल्लो २४ घण्टामा पाँच लाख ९८ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको छ।

 

प्रकाशित: Aug 08, 2020| 12:59 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।