शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको केरलामा पहिरोमा पुरिएर १६ को मृत्यु, ६० जना बेपत्ता

भारतको केरलामा पहिरोमा पुरिएर १६ को मृत्यु, ६० जना बेपत्ता

भारतको केरला प्रदेशस्थित इडुक्की जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ६० जना भन्दा बढी बेपत्ता भएका छन्।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

एजेन्सी- भारतको केरला प्रदेशस्थित इडुक्की जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ६० जना भन्दा बढी बेपत्ता भएका छन्।

National life

यो घटना पर्यटकीय क्षेत्र मुन्नारको राजमलईमा भएको हो। केरलाका राजश्वमन्त्री चन्द्रशेखरले त्रासदीपूर्ण घटना भएको भन्दै चट्टानसहितको पहिरोमा ठूलो संख्यामा मानिसहरु पुरिएको बताएका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो घटनामा टाटा ग्लोबल बेबरेजेज (टीजीबी) को सहयोगी कम्पनी कन्नन देवान हिल्स प्लान्टेसन कम्पनीमा कार्यरत ८० भन्दा बढी कर्मचारी र उनीहरुका परिवारका सदस्य परेका छन्।

यहाँ २० परिवार बस्ने घरहरुमाथि ठूलो पहिरो खसेको छ। चट्टान र हिलोसहित आएको पहिरोमा पुरिएकाहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन्।

आसपासमा पनि पहिरो गएका कारण उद्धारका लागि गएको विज्ञहरुको टोली पुग्न सकिरहेको छैन।

Laxmi sunrise bank
kumari

यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारको काममा खटिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।

प्रकाशित: Aug 07, 2020| 18:10 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।