सोमबार, जेठ १८, २०८३

प्रदेश १ मा ५० बालिका बलात्कारको सिकार, ४ बालिकाको बालविवाह

सन् २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन्। अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

विराटनगर- प्रदेश १ मा बालबालिका तथा महिलामाथि हुने यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको पाइएको हो । 

National life

मानव अधिकारको अवस्था सार्वजनिकीकरणसहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तर्क्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा वृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए। जनवरीदेखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन्।

सन् २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन्। अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ।

 इन्सेकको अभिलेखका आधारमा अप्रिलदेखि जुनसम्मको अवधिमा बाल अधिकारका घटनामध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुर्व्यवहारका घटनामा दुई बालक र १९ बालिका, बालविवाहको घटनामा चार बालिका र बलात्कारका घटनामा ५० बालिका गरि ७६ जना पीडित भएका छन्। 

महिला अधिकार अन्तर्गतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुर्व्यवहारका घटनामा तीन जना गरि ७७ जना महिला पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए।

Shivam cement

 जनवरीदेखि मार्चसम्मको अवधिमा बालबालिकाविरुद्ध भएका हिंसाबाट बेचबिखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौन दुर्व्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताए। उनका अनुसार सोही अवधिमा महिलाविरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएका छन्। बलात्कारका घटनामा २८, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा एक, घरेलुहिंसाका २५, बेचविखन तथा ओसारपसारका तीन र हुविवाहका नौ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको जनाएको छ।

प्रकाशित: Sep 20, 2021| 03:05 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।