शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • क्रिश्चियन भए कोरोना लाग्दैन भन्ने म्यानमारका पादरीलाई जेल

क्रिश्चियन भए कोरोना लाग्दैन भन्ने म्यानमारका पादरीलाई जेल

म्यानमारमा एक क्यानडेली पादरीलाई कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा जेल सजाय भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

एजेन्सी- म्यानमारमा एक क्यानडेली पादरीलाई कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा जेल सजाय भएको छ।

National life

डेभिड ला नामका एक क्यानडेली पादरीलाई जरिबानासहित तीन महिना जेल सजाय गरिएको हो। क्रिश्चियन धर्म प्रचारक उनले क्रिश्चियन धर्मावलम्बीलाई कोरोना संक्रमण हुँदैन भन्दै प्रचार गरेको आरोप लागेको छ। तर उनी आफैँलाई पनि कोरोना पुष्टि भएको छ।

आज (बिहीबार म्यानमारको एक अदालतले उनलाई कोरोनासम्बन्धी मुलुकको नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो।
ती पादरीले म्यानमारको यांगुनमा एउटा ठूलो धार्मिक कार्यक्रमलाई सम्बोधन गरेका थिए।

४३ वर्षीय डेभिड लाको जन्म म्यानमारमै भएको थियो तर पछि उनी क्यानडाका बासिन्दा बनेका थिए।

उनले गत अप्रिलमा म्यानमारमा धार्मिक कार्यक्रम आयोजना गरी यस्तो भ्रम फैलाएका थिए। त्यसपछि उनीसहित उनका २० जना समर्थकमा कोरोना पुष्टि भएको थियो।

Laxmi sunrise bank
kumari

उनले आफ्नो मन्तव्यमा भनेका थिए, यदि तपाईँको दिलमा ईसा मसिह बसेका छन् भने तपाईँलाई कहिल्यै कोरोना र यसप्रकारका रोग लाग्दैनन्।’
उनको यो मन्तव्य सामाजिक संजालमा भाइरल बनेको थियो।

प्रकाशित: Aug 06, 2020| 20:50 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।