शुक्रबार, फागुन २९, २०८२

चीनमा दैनिक ४८ लाख जनाको कोरोना परीक्षण

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको दोस्रो लहर चलेको छ। वुहानबाट सुरु भएको कोरोना महामारी पश्चिमा देशमा पसेपछि चीनले आफ्नो देश लगभग कोरोना मुक्त बनाउन सफल भएको थियो।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको दोस्रो लहर चलेको छ। वुहानबाट सुरु भएको कोरोना महामारी पश्चिमा देशमा पसेपछि चीनले आफ्नो देश लगभग कोरोना मुक्त बनाउन सफल भएको थियो।

National life

तर त्यसको झण्डै ३–४ महिनापछि राजधानी बेइजिङ र त्यस वरपरको क्षेत्रमा कोरोना संक्रमितहरु भेटिएपछि चीनले कोरोना परीक्षणलाई व्यापक बनाएको छ। पछिल्लो २४ घण्टामा चीनमा ३७ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये कतिपयलाई कोरोनाका लक्षण देखिएको छ भने कतिमा लक्षण छैन।

विभिन्न ठाउँमा कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएपछि चीनले परीक्षणको दायर निकै फराकिलो पार्दै गएको छ।

उसले अहिले दैनिक ४८ लाख ४० हजार मानिसको कोरोना परीक्षण गरिरहेको जनाइएको छ। जुलाई महिनाको अन्तिम हप्तादेखि चीनले यति ठूलो संख्यामा कोरोना परीक्षण गर्न थालेको हो।

परीक्षणका लागि देशभर लगभग ५ हजार अस्पतालमा ३८ हजार स्वास्थ्यकर्मी परीचालित छन्। त्यहाँका उद्योग तथा सूचना प्रविधि मन्त्री वाङ जियाङपिङका अनुसार कोरोना परीक्षणका लागि देशभर २० करोडभन्दा बढी टेस्ट किट देशभरका अस्पताल, सीमा क्षेत्र तथा बन्दरगाहहरुमा पठाइएको छ।

Laxmi sunrise bank
kumari

तीव्र गतिमा कोरोना फैलिँदै गएको भारतमा अहिले दैनिक ४ लाख २० हजार जतिको परीक्षण हुँदै आएको छ। पछिल्लो २४ घण्टामा भारतमा झण्डै ५८ हजार मानिसमा कोरोना पुष्टि भएको थियो। अमेरिकाले पनि दैनिक ५ लाखको हाराहारीमा परीक्षण गर्दै आएको छ।

प्रकाशित: Aug 06, 2020| 16:20 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।