शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतले मन्दिरको जग राखेर लोकतन्त्र भत्काउन खोजेको पाकिस्तानको प्रतिक्रिया

भारतले मन्दिरको जग राखेर लोकतन्त्र भत्काउन खोजेको पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानले भारतले अयोध्यामा मन्दिर निर्माण सुरु गरेको कार्यको निन्दा गरेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

एजेन्सी- पाकिस्तानले भारतले अयोध्यामा मन्दिर निर्माण सुरु गरेको कार्यको निन्दा गरेको छ।

National life

पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘ऐतिहासिक बाबरी मस्जिद जुन जमिनमा लगभग ५ सय वर्षसम्म उभिएको थियो त्यहाँ राम मन्दिर निर्माण गर्ने कार्यको पाकिस्तान कडा शब्दमा निन्दा गर्दछ।’

साथै पाकिस्तानले भारतीय सर्वोच्च अदालतले बहसंख्यकवाद र न्यायमाथि धर्मको प्रभुत्व देखाएको आरोप पनि लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्दिर निर्माणका लागि भारतीय सर्वोच्च अदालतको फैसलाले भारतमा बढ्दो बहुसंख्यकवाद देखाएको मात्र नभई न्यायमाथि धर्मको प्रभुत्व पनि देखाएको छ।’

साथै भारतमा अल्पसंख्यक मुसलमानका धार्मिकस्थलहरुलाई निशाना बनाएको आरोप पनि पाकिस्तानले लगाएको छ।

Laxmi sunrise bank
kumari

पाकिस्तानले एतिहासिक मस्जिदको जमीनमा मन्दिर बनाउनु तथाकथित भारतीय लोकतन्त्रको अनुहारमा एक धब्बा सरह हुने टिप्पणी गरेको छ।

यता भारतीय मुस्लिम समुदायले पनि भारतले राम मन्दिर निर्माण सुरु गरेकोमा विरोध जनाएका छन्।

५०० सय वर्ष भन्दा लामो इतिहास रहेको बाबरी मस्जिद भत्काएर राम मन्दिर निर्माण गरेको प्रति भारतीय मुस्लिमहरुले चर्को विरोध गरेका हुन्।

उनीहरुले भारत हिन्दु धर्मवादमा उन्मुख भएको र अल्पसंख्यक जाति र धर्ममाथि प्रहार गर्न उद्दत रहेको आरोप लगाएका छन्।

प्रकाशित: Aug 05, 2020| 18:10 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।