सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • राम मन्दिर निर्माणका लागि मोदीले गरे भूमि पूजा र शिलन्यास

राम मन्दिर निर्माणका लागि मोदीले गरे भूमि पूजा र शिलन्यास

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पूजा तथा शिलन्यास गरेका छन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पूजा तथा शिलन्यास गरेका छन्।

National life

आज (बुधबार) दिउँसो अध्योध्यामा आयोजित एक भव्य कार्यक्रममा प्रधामन्त्री मोदीले भूमि पूजा सम्पन्न गरेका हुन्। त्योसँगै मोदीले चाँदीबाट बनाइएका पाँचवटा ईँटा राखेर राम मन्दिरको जग स्थापना गरेका छन्।

यो क्षेत्रमा पहिले बाबरी मस्जिद रहे पनि सन् १९९२ मा हिन्दुहरुको समूहले उक्त मस्जिद भत्काएपछि लामो समयसम्म त्यहाँ विवाद थियो।

हिन्दु र मुस्लिम संगठनबीचको विवाद गत वर्ष भारतको सर्वोच्च अदालतको एउटा फैसलापछि सकिएको थियो। उक्त फैसलाले सो जग्गा राम मन्दिरको भएको निर्णय गरेसँगै मन्दिर स्थापनाको काम सुरु भएको हो।

यद्यपि भारतीय मुस्लिम समुदायले यो कुराको विरोध भने गर्न छोडेका छैनन्।

भूमि पुजापछि प्रधानमन्त्री मोदीले राम सबै हिन्दुहरुका देवता रहेको, उनको जन्मस्थल अयोध्या नै रहेको र नेपाल जन्मभूमि भएकी सीतासँग विवाह भएको प्रसंग निकालेका थिए।

प्रकाशित: Aug 05, 2020| 17:57 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।