बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सैनिक मञ्चमा यसरी मनाइयो सातौं सविधान दिवस [सात तस्बिरमा]

सैनिक मञ्चमा यसरी मनाइयो सातौं सविधान दिवस [सात तस्बिरमा]

सातौं संविधान दिवस आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– सातौं संविधान दिवस आइतबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक निकायका प्रतिनिधि, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरु उपस्थित थिए।

National life

समारोहमा नेपाली सेनाले हेलिकप्टरबाट संविधान दिवस २०७८ लेखिएको ब्यानर फहराएको थियो। यस्तै कवाज पनि प्रदर्शन गरिएको थियो। 

संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको हो । हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) मनाइन्छ । नेपाल सरकारले संविधान दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ।


Shivam cement























प्रकाशित: Sep 19, 2021| 16:38 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।