बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- संविधानसभा अध्यक्षसमेत रहेका एमाले नेता सुवास नेम्वाङले सरकारले संविधान दिवसका दिन घोषणा गरेका पदक फिर्ता गर्न न्यायाधीशलाई आग्रह गरेका छन्। केपी शर्मा ओली सरकारविरोधी काम गरेका न्यायाधीशहरूलाई पदक दिइने घोषणा गरिएको भन्दै नेम्वाङले यस्तो माग गरेका हुन्। 

'यहाँहरुले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौ भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस्। मेरो मान्य न्यायाधिशज्यूहरुलाई यो आग्रह छ,’ उनले भने। 

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे। 

'सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायीलगायतका व्यक्तिहरु लगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधीशहरु, त्यो सरकारका विरुद्धमा मुद्दा दर्ता गर्नका लागि सम्पूर्ण पहल र प्रयास गर्ने मुद्धावालाहरु, त्यसका पक्षहरु उहाँहरुले मेडल पाउनुभएछ,' सातौँ संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा नेता नम्वाङले भने, 'एकजना साथी दिल्लीमा हुनुहुन्थ्यो दिल्लीबाटै पार्टी फुटाउन भुमिका खेल्नुभयो, उहाँले पाउनुभएछ। दुईजना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो। उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यहरुले मेडल पाउनुभएछ। हाम्रो पार्टीको सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ सँगसँगै कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ। त्यो मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बस्नुभएका न्यायाधिशज्यूहरुले मेडल पाउनुभएछ। यसमा म यस्तै भएको हो भनेर म आरोप लगाउँदिनँ। पारी चितुवा करायो वारी सिँगारी हरायो भनेजस्तै यो जुन कार्य भयो, यो संविधान दिवसकै दिनमा सुन्नुपर्दा यो बेठिक भयो भन्ने लाग्यो।'

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने भन्ने कुरा नसुहाएको बताए। संविधान स्वीकार्य भएको पनि उनको भनाइ छ।


प्रकाशित: Sep 19, 2021| 16:37 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।