बिहीबार, भदौ ४, २०८३

७३४ संक्रमित थपिए, २१ हजार ३६० जनाले कोभिडको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

७ हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको छ। आज देशभर १ हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ।

देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रकाशित: Sep 19, 2021| 16:32 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।