आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक युरोमनिज अवार्ड फर एक्सिलेन्सद्वारा पुरस्कृत

नबिल बैंक युरोमनिज अवार्ड फर एक्सिलेन्सद्वारा पुरस्कृत

नबिल बैंक नेपालको ‘उत्कृष्ट बैंक’द्वारा पुरस्कृत भएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- नबिल बैंक नेपालको ‘उत्कृष्ट बैंक’द्वारा पुरस्कृत भएको छ। बैंकले युरो मनीद्वारा दिइने ‘उत्कृष्ट बैंक’को पुरस्कार पाएको दोस्रो यो पटक हो।

बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलाई आधार मानेर यो अवार्ड प्रदान गरिने गरेको बैंकले जनाएको छ ।

बैंकद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहरिँदै युरो मनी म्यागाजिनले पुरस्कृत गरेको छ।”

सन् १९९२ मा बेलायतको युरो मनी म्याथाजिनले स्थापना गरेको ‘युरोमनिज अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारका रूपमा मानिन्छ। यसले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ।

सो म्यागाजिनका अनुसार यो अवार्डका लागि विभिन्न देशबाट एक हजारभन्दा बढीको आवेदन परेको थियो।

सन् १९८४ बाट सञ्चालनमा आएको नबिलका देशभर ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।

प्रकाशित: Aug 02, 2020| 18:05 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्