सोमबार, जेठ १८, २०८३

संखुवासभा घटना : संघीय प्रहरीको टोली पुनः घटनास्थलमा

संखुवासभाको मादी नगरपालिका–१ खेलागाउँका एकै परिवारका ६ जनाको हत्या प्रकरण थप पेचिलो बनेर गएपछि प्रहरीले घटनास्थलमा पुनः अनुसन्धान सुरु गरेको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

विराटनगर– संखुवासभाको मादी नगरपालिका–१ खेलागाउँका एकै परिवारका ६ जनाको हत्या प्रकरण थप पेचिलो बनेर गएपछि प्रहरीले घटनास्थलमा पुनः अनुसन्धान सुरु गरेको छ।

National life

संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। घटनास्थलमा संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी पनि पुगेका छन्। 

घटनास्थल पुगेको टोलीले हत्या गरिएका तेजबहादुर कार्कीका चार जना छिमेकीलाई शनिबार राति नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरुलाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको प्रहरीले बताएको छ। चार जनालाई सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसपी राईले बताए। नियन्त्रणमा लिइएकाहरुको घटनामा संलग्नता हो या होइन भन्ने यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो।

घटना भएदेखि नै घटनास्थलमा खटिएर अनुसन्धान गर्दै हत्यामा संलग्न लोकबहादुरलाई कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि टोली फिर्ता भएको थियो। पछिल्लो समय तथ्य र प्रमाणका आधारमा घटनाको धेरै कुरा खुल्न थालेपछि अनुसन्धानकर्ता प्रहरी घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका हुन्। घटनामा एक जनाको मात्रै संलग्नता हुन नसक्ने स्थानीयको भनाइ छ। तर लोकबहादुरले मात्रै हत्या गरेको दाबी प्रहरीले गरिरहँदा घटनाले नयाँ मोड लिएपछि प्रहरीको अनुसन्धानमाथि नै छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ। 

६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेशलाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तर सार्वजनिक भने गरेको छैन। अदालतबाट पक्राउ पूर्जी जारी नगरी नियन्त्रणमा लिइएका कारण उनका बारेमा प्रहरीले बताउन नचाहेको हुनसक्ने आशंका गरिएको छ। हत्या गरिएकी मध्ये रञ्जना कार्कीको मोबाइल लुकाएर राखेको पाइएपछि लोकबहादुरका भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन एवं सोधपुछ गरिरहेको हो। 

Shivam cement

घटनाको अनुसन्धानका लागि १० जनाको प्रहरी टोली भने घटनास्थलमै रहेको थियो। मादी नगरपालिका १ का तेजबहादुर कार्कीसहित उनका परिवारका ६ जनाको हत्या गरेको अवस्थामा गत भदौ २१ गते शवहरु फेला परेको थियो।

प्रकाशित: Sep 19, 2021| 13:58 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।