काठमाडौं– इटालियन सिरी ए अन्तर्गत तेस्रो स्थानको एटलान्टालाई पराजित गर्दै इन्टर मिलानले दोस्रो स्थानमा ठाउँ सुरक्षित गरेको छ। उसले एटलान्टाकै मैदानमा घरेलु टिमलाई २–० गोल अन्तरले हराएर दोस्रो स्थान सुरक्षित गरेको हो।
खेलमा जितका लागि डानिलो डि अम्ब्रोसियो र एस्ले योङले गोल गरे। उनीहरुले खेलको पहिलो र २० औं मिनेटमा गोल गरे। पहिलो हाफमै २ गोलको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा भने गोल थप्न सकेन। र, खेल २–० गोलअन्तरमा सकियो।
जितसँगै इन्टर मिलानले लिगमा सुखद अन्त्य गरेको छ। इन्टर मिलान लिग विजेता युभेन्ट्सभन्दा १ अंकले पछि छ। ३८ खेलबाट २४ जित र १ बराबरी खेलेको इन्टरको ८२ अंक छ। भने लिगविजेता युभेन्ट्सको ८३ अंक छ।
हिजो राति पराजित एटलान्टा भने ७८ अंकका साथ तेस्रो स्थानमा छ।
लाजियोरुद्ध नापोलीको जित
हिजो रातिको अर्को खेलमा नोपोलीको स्टेडियो सन पाउलो रंगशालामा घरेलु टिमले लाजियोलायई ३–१ गोल अन्तरले हराएको छ।
नापोलीको जितका लागि फबियन पेना, लोरेन्जो इन्सिन्नी गर मेट्टेओ पोलिटानोले १÷१ गोल गरे।
खेलको नवौँ मिनेटमा पेनाले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाए। यता २२ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा नापोलीले दुई गोल थप्यो।
५४ औं मिनेटमा इन्सिग्नीले पेनाल्टीमार्फत गोल गरे भने खेलको अतिरिक्त समयमा पोलिटानोले गोल गर्दै जितलाई ३–१ गोल अन्तरमा पुर्याए।
जितसँगै नापोलीले सातौँ स्थान सुरक्षित गरेको छ। उसले ६२ अंक बनाएर सातौं स्थान सुरक्षित गरेको हो।
परातिज लाजियो भने ७८ अंकका साथ चौथो स्थानमा कायम छ।
त्यस्तै, हिजो रातिकै खेलमा क्यालिरीलाई ३–० गोलअन्तरले पराजित गरेको एसी मिलानले ६६ अंकका साथ छैटौं स्थान सुरक्षित गरेको छ।
अंक तालिकामा युभेन्ट्स, एन्टर मिलान, एटलान्टा, लाजियो, रोमा, एसी मिलान र नापोली क्रमशः पहिलोदेखि सातौँ स्थानमा छन्।