मंगलबार, असार ३०, २०८३

सुखद् रहेन अन्तिम खेल : युभेन्टसको लगातार दोस्रो हार

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत लिगविजेता युभेन्टस र रोमाले अन्तिम चरणको खेलमा शनिबार राति प्रतिस्पर्धा गरे। तर लिग विजेता युभेन्टसको भने अन्तिम खेल सुखद् रहेन।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत लिगविजेता युभेन्टस र रोमाले अन्तिम चरणको खेलमा शनिबार राति प्रतिस्पर्धा गरे। तर लिग विजेता युभेन्टसको भने अन्तिम खेल सुखद् रहेन।

युभेन्टसकै घरेलु एलियान्ज रंगशालामा भएको खेलमा उसले रोमासँग ३–१ गोल अन्तरको हार बेहोर्यो। यता पाहुना टिम रोमाको जितका लागि डिइगो पेरोट्टीले दुई गोल गरे भने निकोला कलिनिचले एक गोल गरे।

खेलको पाँचौ मिनेटमा युभेन्टसका गोन्जालो हिउगेनले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनको अग्रतालाई रोमाका कालिनिचले २३ औं मिनेटमै बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफकै ४४ औं मिनेटमा पेरोट्टीले पनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे।

पहिलो हाफमा रोमा २–१ गोल अन्तरले अघि रह्यो। दोस्रा हाफमा पनि पेरोट्टीले अर्को गोल थपे। ५२ औं मिनेटको उनको गोलपछि अन्य गोल हुन नसक्दा युभेन्टसले लिगको अन्तिमका दुई चरणमा हार बेहोर्यो।

उसले यसअघि जुलाई २७ मा भएको खेलमा साम्प्दोरियालाई हराउँदै लिग उपाधि जितेको थियो। तर ३७ औं चरणको खेलमा भने क्यालिरीसँग हार बेहोर्यो। यो सिजन युभेन्टसले सम्पूर्ण (३८) खेलमा २६ जित, ५ बराबरी र ७ हारका साथ लिगको अन्त्य गरेको छ।

युभेन्टसले जारी सिजनमा लगातार नवौँ पटक घरेलु लिग उपाधि जितेको छ। तर अन्तिम दुई खेलमा हार बेहोरेसँगै ऊ अंकतालिकामा दोस्रो स्थानको इन्टर मिलानभन्दा एक अंकले मात्र अगाडि रह्यो।

यता गएरातिको खेलमा जित निकालेको रोमाले ७० अंक बनाउँदै अंकतालिकाको पाँचौ स्थानमा कब्जा जमाएको छ। रोमाले अर्को वर्षको युरोपा लिग खेल्न पाउने छ।

प्रकाशित: Aug 02, 2020| 08:53 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।