सोमबार, असार २९, २०८३

आर्सनलले १४ पटक जित्यो एफए कपको उपाधि

लन्डन– इंग्लिस क्लब आर्सनलले एफए (फुटबल एसोसिएसन) कपको उपाधि १४ औं पटक उचालेको छ। शनिबार रातिको फाइनल खेलमा चेल्सीलाई हराउँदै आर्सनल विजेता बनेको हो।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

लन्डन– इंग्लिस क्लब आर्सनलले एफए (फुटबल एसोसिएसन) कपको उपाधि १४ औं पटक उचालेको छ। शनिबार रातिको फाइनल खेलमा चेल्सीलाई हराउँदै आर्सनल विजेता बनेको हो।

इंग्ल्यान्ड राष्ट्रिय टोलीको रंगशाला वेम्बलेमा भएको खेलमा चेल्सी २–१ गोलअन्तरले पराजित भयो। यता जितका लागि पियर इमिरिक अबुमयाङले दुवै गोल गरे।

खेलको पाँचौ मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिए पनि अबुमयाङले २८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। अबुमयाङले पोनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पहिलो गोल गरे।

उनको गोलसँगै पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफको ६७ औं मिनेटमा अबुमयाङले नै व्यक्तिगत दोस्रो गोल गदै आर्सनललाई २–१ गोलअन्तले जित दिलाए।

आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ। कप जितेसँग उसले युरोपा लिगमा प्रवेशको अवसर पायो। यता घरेलु लिगको अंकतालिकामा आठौं स्थानमा रहेका कारण युरोपा लिगमा स्थान सुरक्षित गर्न सकेको थिएन।

यो जितपछि आर्सनलका प्रशिक्षक माइकेल आर्टेटाले आफू धेरै खुसी रहेको बताएका छन्। उनी क्लबमा आएपछि आर्सनल जितेको यो पहिलो उपाधि समेत हो।

‘यो हुनेवाला नै थियो। मलाई लाग्छ उनले केही वर्षअघि पनि यस्तो गर्न सक्ने थिए,’ प्रशिक्षक आर्टेटाले दुई गोल गरेका अबुमयाङलाई संकेत गर्दै भने, ‘उनले उपाधि र ट्रफीसँग अभ्यस्त हुन सिक्नुपर्छ, हामीले उबाट फइदा लिन सक्नेछौं।’

–बीबीसी

प्रकाशित: Aug 02, 2020| 08:29 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।