काठमाडौं– नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकाजका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय्मिले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक अस्वीकार गरेका छन्।
पत्रकार अमृतले 'संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रिया'प्रति असहमति जनाउँदै पदक अस्वीकार गरेका हुन्। पदवी भागबण्डामा वितरण गरिएकाले आफूलाई अस्वीकार्य रहेको उनको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ‘यसपटकको लाममा मेरो पनि नाम देखें। विना खबर, विना प्रक्रिया र विना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दर्पण देखिन्छ।’ उनले पदक वितरण गर्ने अपादरर्शी प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन गर्ने उल्लेख गरेका छन्।
पत्रकार अमृतको प्रश्न छ, ‘कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राख्दिम् न’ भनेर हचुवाका भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यनसमेत गर्छ भन्ने मर्म कहिले बुझिएला?’ उनले पदवी पाउने सूचीबाट आफ्ना नाम झिकिदिन पनि आग्रह गरेका छन्।
यसरी दिने पुरस्कारका लागि म योग्य छैन। म यो भागबण्डा अस्वीकार गर्छु। दुई दशकभन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेसागत मर्ममा अझै सक्रिय रहिरहेनछु।’
अमृतले फेसबुकमा लेखेका छन्, ‘त्यो लामबाट मेरो नाम झिकियोस्। यसरी दिने पुरस्कारका लागि म योग्य छैन। म यो भागबण्डा अस्वीकार गर्छु। दुई दशकभन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेसागत मर्ममा अझै सक्रिय रहिरहेनछु।’ उनले लोकतन्त्रिक संविधानप्रति आफ्नो अगाध स्नेह र सम्मान रहेको स्पष्ट पारेका छन्।
यसैगरी इकागजका प्रधान सम्पादक थापाले पदकका विषयमा आफ्नो मान्यता फरक रहेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु। यसपालि भने सोध्दैनसोधी मेरो नाम आएछ।’
उनले संविधानवाद अझ सुदृढ हुँदै जाओस् लोकतान्त्रिक शैली व्यवहारमा देखिँदै जाओस् भन्दै शुभकामना दिएका छन्। ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद’, थापाले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।’
थापाले राज्यले सम्मान गर्दा स्वयम् सम्मानित हुने गरी मात्र गर्न सुझाव दिँदै कसैले पदक पाउँछ भने त्यसमा खुला बहस हुनुपर्ने बताएका छन्। ‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु। राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ’, उनले थप लेखेका छन्, ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।’
कार्टुनिस्ट साय्मिले विभूषण ग्रहण नगर्ने निर्णय गरेको उल्लेख गरेका छन्। ‘सरकारले मलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको रहेछ’, उनले फेसबुकमा लेखेका छन्, ‘तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु।’
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्ने भएकी छन्। संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन्।
नेपाल रत्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने प्रदान गरिने भएको छ। राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ।
नेपाल रत्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने प्रदान गरिने भएको छ। राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ।
महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ।
यस्तै सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसैगरी राष्ट्र यशोवर्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरिनेछ।
राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरिएको छ।
अपडेट : नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले पनि सरकारको पदक अस्वीकार गरेका छन्। आइतबार मध्याह्न उनले फेसबुकमा लेखेका छन्, ‘ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ। नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद। तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ। नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ।