शुक्रबार, फागुन २९, २०८२

भारतमा अल्कोहलिक स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक गाउँमा रक्सीको साटो स्यानिटाइजर पिउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

एजेन्सी- भारतको आन्ध्र प्रदेशस्थित एक गाउँमा रक्सीको साटो स्यानिटाइजर पिउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

National life

कोरोनाको महामारीका कारण लकडाउन भएको उक्त क्षेत्रमा रक्सी पसल बन्द भएपछि केही व्यक्तिले अल्कोहलिक स्यानिटाइजर पिएका थिए।

कुरीचेडु नामको गाउँमा कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गरिएको छ।

जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए।

उनीहरुले झण्डै १० दिनदेखि यसरी स्यानिटाइजर पिउँदै आएकोमा पछिल्लो पटक पिएकोले बढी असर देखिएको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

‘ती स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ’ कौशलले भनेका छन्।

स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको छ। कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा रक्सी पसलहरु बन्द छन्।

तर बजारमा स्यानिटाइजर भने सजिलै उपलब्ध हुने भएकाले ती व्यक्तिहरुले स्यानिटाइजर पिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 01, 2020| 14:54 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।