बिहीबार, चैत ५, २०८२

पीएसजीलाई एकै सिजन चौथो उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ। उसले फाइनलमा लियोनलाई हराउँदै एकै सिजन चार उपाधि जितेको हो।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

पेरिस– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ। उसले फाइनलमा लियोनलाई हराउँदै एकै सिजन चार उपाधि जितेको हो।

National life

पीएसजीले ६ वर्षपछि यो उपलब्धि पाएको हो।

फ्रान्सको राष्ट्रिय रंगशाला स्टेडी दि फ्रान्समा सम्पन्न खेलमा पीएसजीले लियोनलाई पेनाल्टीमा हरायो। निर्धारित ९० मिनेटसम्म पनि गोल सम्भव नभएपछि खेलमा ३० मिनेट थप गरेर खेलाइएको थियो। तर, थपिएको समयमा पनि स्कोर हुन सकेन।

त्यसैले पेनाल्टी सुटआउट नै निर्णायक बन्यो, तर दुवै टोलीका पेनाल्टीको ५/५ अवसर नै गोलमा परिणत भयो। छैटौँ पटकमा पीएसजीका किपर केलियर नवासले पेनाल्टी सेभ गरेपछि पीएसजीले ६–५ को गोल अन्तरले खेल जितेको हो।

बेर्टान्ड ट्राओरको पेनाल्टी नवासले रक्षा गरेपछि जितका लागि पावलो सरावियले छैटौँ गोल गरे।

Laxmi sunrise bank
kumari

खेलको ११९ औं मिनेटमा लियोनका राफेलले पीएसजीका डि मारियालाई डी बक्समा फाउल गरेपछि उनी रातो कार्ड खाँदै बाहिरिए। त्यसलगतै पाएको फ्रि किकको नेयमारले सदुपयोग गर्न सकेनन्। यता, ८० औं मिनेटमा लियोनले पाएको फ्रि–किकलाई पनि गोलमा परिणत गर्न सकेको थिएन।
८१ हजार ३३८ दर्शक क्षमताको रंगशालामा पाँच हजार समर्थकले खेल हेरेका थिए।

खेलमा पराजित लियोनले आगामी हप्ता च्याम्पियन्स लिगको दोस्रो लेगको प्रतिस्पर्धाको लागि इटाली जाँदै छ। ऊ पहिलो लेगमा १–० गोल अन्तरले विजयी भएको छ।

त्यस्तै, अन्तिम १६ मा डर्टमन्डलाई हराउँदै क्वार्टरफाइनल पुगेको पिएसजीले अगस्त १३ मा एटलान्टाको सामना गर्ने छ। उसले पछिल्ला ३६ घरेलु प्रतियोगितामध्ये २५ खेलमा उपाधि हात पारेको छ।

फ्रान्समा आगामी अगस्त २३ बाट लिग वान प्रतियोगिता सुरु हुँदै छ। च्याम्पियन्स लिगको फाइनल खेल पनि सोही दिन हुनेछ।

प्रकाशित: Aug 01, 2020| 09:40 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।