बिहीबार, चैत ५, २०८२

फिफा अध्यक्ष एन्फान्टिनोविरुद्ध कानुनी कारबाही

जुरिच– विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियान्नी एन्फान्टिनोविरुद्ध स्विस संघीय अभियोजकले कानुनी कारबाही सुरु गरेका छन्।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

जुरिच– विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियान्नी एन्फान्टिनोविरुद्ध स्विस संघीय अभियोजकले कानुनी कारबाही सुरु गरेका छन्।

National life

विश्व फुटबल गभर्निङ निकायले स्विस महान्यायाधिवक्ता माइकल लेबरसँग गरेको गोप्य वार्ताको विषयलाई लिएर उजुरी परेको हो।

यता, फिफाको भ्रष्टाचार अध्ययनका क्रममा गत हप्ता सो बैठकमा उपस्थित भएको र सुपरभाइजरलाई ढाँटेको अभियोगमा लेबरलाई राजीनामा दिन प्रस्ताव गरिएको थियो।

तर उनीहरु दुवैले उक्त बैठकमा कुनै गलत नगरेको बताउँदै आएका छन्। यता फिफाले एन्फान्टिनो र गभर्निङ बडीले अदालती अध्ययनमा सहयोग गर्ने बताएको छ।

फिफाका तर्फबाट अध्यक्ष्य एन्फान्टिनोले जारी गरेको सूचनामा भनिएको छ, ‘फिफाको अध्यक्षका हिसाबले विगतमा यहाँ भएका कामको अनुसन्धानको पक्षमा छु। पहिलो दिनबाटै मेरो लक्ष्य पनि यही नै छ। यही उद्देश्यका लागि फिफाका अधिकारीहरुले न्यायालयमा अभियोजकहरुसँगै पनि भेट गरेका छन्।’

Laxmi sunrise bank
kumari

सूचनामा एन्फान्टिनोले गत जुनमा भनेको अभिव्यक्ति पनि प्रस्तुत गरेको छ, जहाँ उनले भनेका थिए, ‘स्विजरल्यान्डका महान्यायाधिवक्तासँगको भेटघाट पूर्णरुपमा वैध छ। यो कुनै नियमको उल्लंघन होइन।’

यता लेवरले जुलाई ३१ बाट लागू हुने गरी राजीनामा बुझाएका महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ। गत जुनमा स्टेफेन केलर सरकारी अभियोजकमा नियुक्त भएपछि उनले सो भेटघाटबारे अध्ययन सुरु गरेका थिए। उनले त्यहाँ शंकास्पद काम भएको पाएपछि महान्यायाधिवक्ताको कार्यालयमा केरकार सुरु गरेका थिए।

बैठकमा मुख्य सरकारी वकिल उपर वालाइज र रिनाल्डो अर्नोल्डसमेत थिए।

–बीबीसी

प्रकाशित: Jul 31, 2020| 13:55 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।