बिहीबार, भदौ ४, २०८३

बैतडीमा सातौं पटक निषेध आदेश थपियो

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेध आदेश थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेध आदेश अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

बैतडी–भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेध आदेश थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेध आदेश अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो। 

यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौं पटक निषेध आदेश थपिएको थियो। आजदेखि लागू हुने गरी सातौं पटक निषेध आदेश थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। 

पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ। यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैतडीमा गत वैशाख २० गतेदेखि जारी गरिएको निषेध आदेश खुकुलो पार्दै लम्ब्याइएको हो।

कोरोना भाइरसको तेस्रो लहरको समेत चेतावनी आइरहेकाले सतर्क रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। जिल्लामा अहिले २७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ। रासस

प्रकाशित: Jul 31, 2021| 11:15 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।