आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजी अस्पतालले १० प्रतिशत बढी शुल्क लिएर स्वाब संकलन गर्न पाउने

निजी अस्पतालले १० प्रतिशत बढी शुल्क लिएर स्वाब संकलन गर्न पाउने

कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि सूचीकृत नभएका निजी अस्पतालले शंकास्पद बिरामीहरुको पीसीआर जाँच गर्नुपर्ने अवस्था भए १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने भएका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि सूचीकृत नभएका निजी अस्पतालले शंकास्पद बिरामीहरुको पीसीआर जाँच गर्नुपर्ने अवस्था भए १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षणको लागि हाल तोकिएको ५ हजार ५०० रुपैयाँमा सूचीकृत नभएका अस्पतालले थप १० प्रतिशत अर्थात् ५५० रुपैयाँ लिन पाउने छन्। ती अस्पतालले संकलन गरेका स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वीकृत गरेका प्रयोगशाला वा अस्पतालमा पठाउनुपर्ने प्रवक्ता गौतमले बताए।

साथै मन्त्रालयले कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालको मूल्य तोकेको छ। मन्त्रालयले संक्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा लेभल १, २ र ३ अस्पतालको प्रतिदिन लिन पाउने दररेट तोकेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित व्यक्ति र अस्पतालको सहमतिमा लेभल १, २ र ३ अस्पतालले यदि संक्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम खालको अवस्था भए ७ हजार र क्रिटिकल अवस्था भए १५ हजार रुपैयाँ लिन पाउने छन्।

प्रकाशित: Jul 30, 2020| 18:21 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।