आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा २२ जना कोरोना संक्रमित थपिए, १५ जना डिस्चार्ज

कर्णालीमा २२ जना कोरोना संक्रमित थपिए, १५ जना डिस्चार्ज

सुर्खेत– कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

जसमध्ये जाजरकोट र मुगुका एक–एक जना, सल्यानका तीन जना, सुर्खेतका सात जना र दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै कर्णालीका कुल कोरोना संक्रमितको संख्या एक हजार नौ सय ३७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले संक्रमण पुष्टि गरेका ११ जनामध्ये मुगुको छायाँनाथ रारा नगरपालिका १ का एक जना, सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ३ का दुइ जना, बनगाड कुपिन्डे नगरपालिका वडा नं. १३ का एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ६ का एक–एक जना, वडा नंं. ११ का दुइ जना, पञ्चपुरी नगरपालिका वडा नं. २ का एक जना र वडा नंं ५ का दुई जनामा छन् ।

त्यस्तै दैलेख अस्पतालको पीसीआर प्रयोगशालाले संक्रमण पुष्टि गरेका १० जनामध्ये दैलेखको आठविस नगरपालिका वडा नं. ४ र ८ का एक–एक जना, भगवतिमाइ गाउँपालिका वडा नं. ६ का एक जना र महावै गाउँपालिका वडा नं. ४ का चार जना, वडा नं. ५ का एक जना र वडा नं. ६ का दुई जनामा छन् ।

त्यस्तै रुकुमपश्चिमको चौरजहारी पीसीआर प्रयोगशाला परीक्षण गर्दा जाजरकोटको भेरी नगरपालिका वडा नं. ३ का एक जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज नै सुर्खेतको वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट ६ जना, दैलेखको नौमुलेबाट दुई जना, रुकुमपश्चिमको चौरजहारीबाट पाँच जना र कालिकोटको सान्नी त्रिवेणी आइसोलेसनबाट एक जना गरी कुल १५ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ९७ पुगेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रकाशित: Jul 30, 2020| 17:35 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।