आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवनियुक्त एआईजीसहित प्रहरी नेतृत्वलाई गृहमन्त्रीको आग्रह– टिम वर्कमा विशेष ध्यान दिनुहोला

नवनियुक्त एआईजीसहित प्रहरी नेतृत्वलाई गृहमन्त्रीको आग्रह– टिम वर्कमा विशेष ध्यान दिनुहोला

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त एआईजीद्वयलाई बधाई दिँदै टिम वर्कमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित नवनियुक्त एआईजीहरुलाई बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त एआईजीद्वयलाई बधाई दिँदै टिम वर्कमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित नवनियुक्त एआईजीहरुलाई बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

‘राष्ट्र र राज्यले विश्वास गरेर तपाईंहरुलाई यो जिम्मेवारी दिएको छ,’ उनले भने, ‘आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक, दृढतापूर्वक र सृजनात्मक ढंगले निर्वाह गर्नुहोला।’ शान्ति, सुरक्षा, अमनचयन कायम गर्न नेतृत्वको भूमिका महत्वपूर्ण हुने उनले विश्वास लिएको बताए।

‘हिँजोमात्रै समायोजन र ओएनएमका सम्बन्धमा प्रधानमन्त्रीको उपस्थितिमा म, प्रदेशका आन्तरिक मामिलामन्त्री सहितको बैठक बस्यौँ,’ उनले भने, ‘बैठकले मोटामोटी सबै विषयको टुंगो लगाएको छ। अब छिट्टै समायोजनको काम सुरु हुन्छ। संघीय संरचना अनुरुप प्रहरीले काम गर्छ।’

सरकारले एआईजीमा नियुक्त गरेका एआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। उनीहरुको हिजो नै पदस्थापन पनि भइसकेको छ।

 

प्रकाशित: Jul 30, 2020| 17:31 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।