आइतबार, भदौ २१, २०८३

आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर परीक्षण गरिएको छ।

आज (बिहीबार) थपिएका संक्रमितसहित देशभर हालसम्म कोरोना पुष्टि हुनेको संख्या १८ हजार ५४७ पुगेको छ।

मन्त्रालयकाअनुसार देशभर जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसन र अस्पतालबाट २२७ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको मन्त्रालयले जनाएको छ।

काेराेना संक्रमणबाट नेपालमा हालसम्म ५२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: Jul 30, 2020| 16:39 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।