आइतबार, भदौ २१, २०८३

गाईजात्रामा भीडभाड नगर्न ज्यापू महागुथिको आग्रह

ज्यापू महागुथिले यस वर्षको गाईजात्रा पर्व भीडभाड नगरी मनाउन आग्रह गरेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– ज्यापू महागुथिले यस वर्षको गाईजात्रा पर्व भीडभाड नगरी मनाउन आग्रह गरेको छ।

महागुथि काठमाडौं महानगर समितिले भीडभाड नगरीकन पर्व मनाउन मातहतका गुथिलाई परिपत्र गरिएको अध्यक्ष नानीहेरा महर्जनले जानकारी दिइन्।

महर्जनका अनुसार गाईजात्रा निकालिएको घरबाट बढीमा ५ जना मात्र सहभागी हुन, स्वास्थ्य सुरक्षा अपनाउन, धिमे र दापा बाजा नबजाउन र प्रसाद वितरण गर्दा स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरिएको छ।

एक वर्षभित्र आफन्तको मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने परम्परा छ। जात्रा निकाल्दा बाजागाजासहित सहर परिक्रमा गरिन्छ।

अध्यक्ष महर्जनले भनिन्, ‘गाईजात्रामा बाजासहित नगर परिक्रमा गर्दा कम्तीमा ६० देखि बढीमा २०० जनासम्म गुठियार जानैपर्ने हुन्छ। त्यसैले बाजा नबजाईकन जात्रा आयोजना गर्न भनेका हौं।’

यस वर्षको गाईजात्रा साउन २० गते परेको छ।

प्रकाशित: Jul 30, 2020| 16:07 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।