बुधबार, असोज २१, २०८३

भरतमणि पौडेल बने कमेडी च्याम्पियन

कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा। 

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर निकै चर्चामा आएका पौडेलले उपाधिसँगै कार र २५ लाख नगदसमेत पाएका छन्। आफ्नो भोगाइ मिसाएर समयसान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले रूचाएका छन्।
यस्तै, दोस्रो भएका भारत सिक्किमका बिक्की अग्रवालले मोटरसाइकल पाए। तेस्रो बनेका सन्तोषले स्कुटर हात पारे।
विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटीबाट प्रशारण हुँदै आएको छ। यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् भने शोलाई रिमा विश्वकर्माले होस्ट गर्दै आएकी छन्। कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए।
प्रकाशित: Sep 18, 2021| 22:54 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।