आइतबार, भदौ २१, २०८३

सजिलो मेडसको ‘अनलाइन फर्मा सबैको घर घरमा’ सञ्चालनमा

अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले साउन १३ गतेबाट काठमाडौंमा सेवा सुरु गरेको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले साउन १३ गतेबाट काठमाडौंमा सेवा सुरु गरेको छ।

विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको सजिलो मेडसले जनाएको छ ।

पहिलो चरणमा इमेर्जन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाण्डौ भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । यो सबै कार्य मैतिदेवीस्थित कार्यालयबाट अनलाईन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कार्यक्रम रहेको छ।

कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई छन्। बैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई हेरेर सेवा पुर्‍याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको कम्पनीले जनाएको छ ।

विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाण्डौका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्‍याउन सकिने सञ्चालकहरुको दावी छ ।

प्रकाशित: Jul 29, 2020| 05:34 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्