काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ल्याएको एसएमई कर्जामा आकर्षक योजना ल्याएको छ।
बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार उक्त योजनाअन्तर्गत ९.५ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा लिन सकिने छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद कर्जा सुविधालाई सहजीकरण गर्न “जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस” नारासहित यो योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ।
यस योजनाले साना तथा मझौला व्यवसायलाई टेवा पुग्ने बैंकको विश्वास छ।