बिहीबार, भदौ ४, २०८३

काबुलमा अलपत्र ३४ नेपालीको उद्धार सोमबार

यसअघि परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल पुगेर विमान नपाएपछि फर्किएका ३४ नेपालीको उद्धार शनिबार गर्ने बताए पनि 'प्राविधिक कारण' भन्दै उनीहरुलाई सोमबार उद्धार गरिने जनाएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं - अफगानिस्तानमा अलपत्र ३४ नेपालीको उद्धार सोमबार गरिने भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल पुगेर विमान नपाएपछि फर्किएका ३४ नेपालीको उद्धार शनिबार गर्ने बताए पनि 'प्राविधिक कारण' भन्दै उनीहरुलाई सोमबार उद्धार गरिने जनाएको छ। 

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अलपत्र नेपाली र संयुक्त राष्ट्र संघमा कार्यरत रहेका थप नेपालीहरु बिदामा नेपाल आउनको लागि शनिबार ल्याउने तय भएको थियो।

फर्किँदा दुबई हुँदै आउनुपर्ने र त्यसका लागि थप पीसीआर गर्नुपर्ने भएपछि उद्धारको काम दुई दिन धकेलिएको जनाइएको छ । अलपत्र नेपालीहरु र अन्य नेपालीहरु सोमबार काबुलबाट इरानको राजधानी तेहरान, त्यसपछि दुबई हुँदै काठमाडौं आउने तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ। सरकारले आफैंले विमान पठाउर उद्धार गर्ने अवस्था नरहेपछि विभिन्‍न मुलुकहरुको समन्वयमा नेपालीहरुको उद्धार भइरहेको छ। 

तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानमा रहेका विदेशी नागरिहरु स्वदेश फर्किन चाहिरहेका छन्। उनीहरुको उद्धारका लागि विभिन्‍न मुलुकहरुले पहल गरिरहेका छन्। 

प्रकाशित: Sep 18, 2021| 21:00 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।