बुधबार, भदौ १०, २०८३

बुलेट बाइक चलाउनेलाई खाेज्दै चिट काट्दै वाराणसी प्रहरी

कोरोना भाइरसको महामारीमा प्रहरीले अत्यावश्यक कामबाहेक अन्यलाई सकेसम्म घर बाहिर ननिस्किन भनिरहेको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

एजेन्सी- कोरोना भाइरसको महामारीमा प्रहरीले अत्यावश्यक कामबाहेक अन्यलाई सकेसम्म घर बाहिर ननिस्किन भनिरहेको छ।

नेपालमा जस्तै भारतमा पनि लकडाउन खुलेको छ तैपनि कोरोना भाइरसको जोखिम कायमै रहेका कारण अत्यावश्यक कामबाहेक भिडभाड नगर्न प्रहरीले नियमित रुपमा सम्झाउँदै आएको छ।

तर भारतको उत्तर प्रदेशस्थित वाराणसीमा भने प्रहरीले अनौठो हर्कत गरिरहेको छ, जुन विषय अहिले चर्चामा छ।

त्यहाँको प्रहरीले बुलेट मोटरसाइकल चलाउनेलाई चिट काटिरहेको छ र अटेरी गर्नेको मोटरसाइकल जफत नै गर्न थालेको छ।

वाराणसी प्रहरीको दाबी छ कि, मोडिफाइट साइलेन्सर राखेर बुलेट बाइक चलाउँदा कोरोनाका कारण अशान्त बनिरहेका व्यक्तिहरुको शान्ति झनै भंग भइरहेको छ।

अत्यावश्यक कामबाहेकका मानिसहरु घर बाहिर निस्किएका छैनन् र उनीहरुलाई यस्ता मोटरसाइकलको आवाजले अशान्त बनाइरहेको छ भन्ने दाबी प्रहरीले गरिरहेको छ।

यसैकारण प्रहरीले ठूलो संख्यामा बुलेट मोटरसाइकल नियन्त्रणमा समेत लिएको छ।

ठूलो आवाज भएका मोटरसाइकलले मानिसको शान्ति भंग गरेको र यसको धेरै ‘कम्प्लेन’ आएकाले बुलेट मोटरसाइकल नियन्त्रणमा लिनुपरेको वाराणसीको यातायात प्रहरीका प्रमुखले बताएका छन्।

उनका अनुसार कतिपय अभिभावक नै प्रहरी कार्यालय पुगेर आफ्ना सन्तानले ठूलो आवाज निकाल्ने मोटरसाइकल नचालाउन आग्रह गर्दा नमानेको भन्दै प्रहरीलाई नियन्त्रणमा लिइदिन उजुरी दिएका छन्।

अहिले वाराणसीका यातायात प्रहरी बुलेट मोटरसाइकल देख्नासाथ नियन्त्रणमा लिने, चिट काट्ने र राख्ने काममा जुटेको छ।

प्रकाशित: Jul 26, 2020| 14:36 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।