मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भ्याक्सिन यो वर्ष तयार हुने सम्भावना छैन: डब्ल्यूएचओ

कोरोना भ्याक्सिन यो वर्ष तयार हुने सम्भावना छैन: डब्ल्यूएचओ

अर्को वर्ष अर्थात् सन् २०२१ अगाडि कोरोना भाइरसको भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

अर्को वर्ष अर्थात् सन् २०२१ अगाडि कोरोना भाइरसको भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।

डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, ‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको छ तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’

उनले थपे, ‘भ्याक्सिनको विश्वसनीयतामा कुनै कमी आउन दिनु हुँदैन, बरु केही ढिलो होस्।’

भ्याक्सिन आम प्रयोगमा ल्याउनुअघि वैज्ञानिकहरु निश्चिन्त हुनुपर्नेमा उनले जोड दिएका छन्। आउने वर्षको सुरुवातमा आम मानिसहरुलाई भ्याक्सिन लगाउन सुरु गर्न सकिने आशा उनले व्यक्त गरेका छन्।

रयानेका अनुसार केही सम्भावित भ्याक्सिन परीक्षणको तेस्रो चरणमा छन् र अहिलेसम्मको परीक्षण कुनै पनि फेल भएको छैन।

प्रकाशित: Jul 23, 2020| 05:54 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।