बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्ण दासका छोरा मर्कुश दासको पहिलो म्युजिक भिडियो सार्वजनिक

कर्ण दासका छोरा मर्कुश दासको पहिलो म्युजिक भिडियो सार्वजनिक

कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन्। उनका छोरा मर्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन्।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- कर्ण दास गम्भीर गीत गाएर चिनिएका गायक हुन्। उनका छोरा मर्कुश दास भने रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो लिएर आएका छन्। शुक्रबार उनको युट्युबमार्फत 'थाहा छैन' बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत कुशल पोखरेलको छ।  

मर्कुशले चार वर्षअघि मेलिना राईसँग 'जिन्दगी ओराली उकाली' बोलको गीत गाएका थिए। गीतले युगल गायनतर्फ इमेज अवार्डसमेत जितेको थियो।

पहिलो पटक मर्कुश भिडियोसहितको गीत सार्वजनिक गरेका मुकेश यस गीतका म्युजिक भिडिओ निर्देशक पनि हुन्। 

पोखराबाट 'मध्याह्न' ब्यान्डका गायकका रूपमा उदाएका कर्ण दासले पछि आधुनिक गायनमा पनि विशिष्ट छाप छोडे। बुबाजस्तै मर्कुशको संगीत यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो। उनी प्लस टुको पढाइपछि 'प्रतिविम्ब' ब्यान्डमा सक्रिय भए। 

२५ वर्षीय मर्कुशको मात्र नभई भिडियोमा सम्बद्ध धेरै जनाका लागि नयाँ अनुभव बनेको छ। अष्ट्रेलियामा छायांकन भएको भिडियोमा सुबिर भन्डारी र हिलारी रावलले अभिनय गरेका छन्। प्रयुष मानन्धरको सिनेमेटोग्राफीको भिडियोलाई  सुदीप विष्टले सम्पादन गरेका छन्।

'थाहा छैन' शिक्षा सदन एजुकेसन एन्ड भिसा सर्भिसेज, सानो क्याफे र लाखे इभेन्टसको सहयोगमा निर्माण भएको हो। विदेशमा बसेर पनि संगीतमा सक्रिय हुने बताएका उनले चाँडै नयाँ गीत संगीत लिएर स्रोतामाझ आउने बताए।

प्रकाशित: Sep 18, 2021| 11:53 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।