बुधबार, चैत ४, २०८२

पूर्वका पाँच जिल्लाका पशुमा नयाँ संक्रामक रोग

प्रदेश १ का ५ जिल्लाका चौपायामा नयाँ संक्रामक रोग देखिएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन ७, २०७७

विराटनगर- प्रदेश १ का ५ जिल्लाका चौपायामा नयाँ संक्रामक रोग देखिएको छ।

National life

झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा फैलिएको संक्रमणबाट एक दर्जन चौपाया मरेका छन्। ६ सय हाराहारीमा पशुमा रोग संक्रमण भएको पशु अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख सञ्जयकुमार यादवले जानकारी दिए।

पशुका शरीरभरि फोका, दुहुनु गाईले कम दूध दिने, गोरुले जोत्न नसक्ने, राँगाले गाडा तान्न नसक्ने लक्षण देखा परेको प्रदेश १ पशु विभागका निर्देशक डा. लेखराज दाहालले बताए।

पशुमा देखिएको रोग नेपालमा परीक्षण गरिएको छैन। चिकित्सकले लक्षण हेर्दा लम्की स्किन हुन सक्ने अनुमान गरेका छन्। यसअघि भारत र बांगलादेशमा पशुमा देखिएको लक्षणसँग मिल्दोजुल्दो भएकाले लम्की स्किन हुन सक्ने दाहालले बताए।

एउटा पशुबाट अर्कोमा सजिलै सर्न सक्ने भए पनि मृत्युदर भने कम देखिएको छ। उनले रोगका कारण पशुले उत्पादन दिन नसक्दा किसानलाई घाटा हुने बताए।

Laxmi sunrise bank
kumari

नेपालमै पहिलो पटक देखा परेको गाईबस्तुको छालामा लाग्ने सरुवा रोगका कारण किसान चिन्तित भएको मोरङ उर्लाबारीको गौरव एग्रोभेटका सञ्चालक गौरीशंकर दाहालले बताए। उनका अनुसार दुई महिनामा उपचारका क्रममा २० वटा जति गाईमा यस्तो लक्षण भेटिएको छ।

यस्तो रोग लागेको गाईले दूध कम दिन थालेको उर्लाबारीकी होमकुमारी श्रेष्ठले बताइन्।

 

प्रकाशित: Jul 22, 2020| 18:10 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।