शुक्रबार, फागुन २९, २०८२

कोरोना भाइरस संक्रमितको संख्या डेढ करोड नाघ्यो

विश्वभर १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

विश्वभर १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।

National life

त्यसैगरी कोरोना भाइरस संक्रमणका कारण विश्वभर ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ।

संक्रमितमध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोनामुक्त भएका छन्। ५३ लाख ६३ हजार ५५५ संक्रमितको उपचार भइरहेको बताइएको छ। संक्रमितमध्ये ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ९९ हजार ७८३ जनाको मृत्यु भएको छ।

युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७४९ को मृत्यु भएको छ । एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ ।

Laxmi sunrise bank
kumari

अफ्रिकामा ७ लाख ५३ हजार९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ ।
रासस

प्रकाशित: Jul 22, 2020| 13:55 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।