बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीनको मृत्यु

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर  बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा थप दुई जनालाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।


करेन्टको पासोमा परेर मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारु रहेका छन्। 


इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले मृतक तीनै जना एकै परिवारका सदस्य भएको बताए। 


पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले बताए।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Sep 18, 2021| 09:44 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।