शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एक वर्षसम्म पालभित्रै रेल, गुड्‌ने अझै टुंगो छैन

‘कोइलाबाट चल्ने ट्रेन देखें, स्टिम इन्जिनवाला ट्रेन पनि देखें आधुनिक ट्रेन आफ्नै जन्मभूमिमा गुडेको देख्ने धोको छ। पूरा हुने संकेत छैन।’
 |  शनिबार, असोज २, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, असोज २, २०७८

जनकपुरधाम– रेल ढाकिएको पाल धुजाधुजा हुन थालेको छ। रेलका कतिपय पार्टपुर्जामा खिया लाग्न थालेको छ। ठाउँठाउँमा रेल्वे लिकका क्लिप चोरी हुन थालेका छन्। स्टेसनका झ्यालका सिसा फुटिसकेका छन् र बरण्डा पनि चिराचिरा परिरहेको छ। तर नयाँ रेल गुड्ने कुनै संकेत छैन।

triton college

एक वर्षअघि आजकै दिन अर्थात् असोज २ गते दुई सेट रेल जनकपुर ल्याइएको थियो। नेपाली झण्डाको रङमा रंगिएका रेल्वे सेट हेर्न कोरोना महामारीको परवाह नगरी हजारौं नागरिकको भीड जम्मा भएको थियो। कुर्था–जनकपुरधाम–जयनगरसम्म नयाँ रेलमा आवतजावत गर्न पाइने भएपछि आसपासका नेपाली निकै उत्साहित भएका थिए।

‘कोइलाबाट चल्ने ट्रेन देखें, स्टिम इन्जिनवाला ट्रेन पनि देखें आधुनिक ट्रेन आफ्नै जन्मभूमिमा गुडेको देख्ने धोको छ। पूरा हुने संकेत छैन।’ 
करिब एक अर्ब रुपैयाँमा किनिएको दुवै सेट रेलको ट्रायल असोज २ गते भारतको जयनगरदेखि जनकपुरधामको कुर्था रेल्वे स्टेसनसम्म गरिएको थियो। ती रेल सेट ट्रायलपछि धनुषाको इनर्वा स्टेसनमा पालले ढाकेर राखिएको छ। जबकि रेल आइपुगेकै दिन डेढ महिनाभित्रै सञ्चालनमा आउने दाबी गरिएको थियो। 

नेपाल रेलको ब्रोडगेज रेलको नयाँ इन्जिन आएको थाहा पाएर गत वर्ष हेर्न जानेमध्ये एक थिए ७८ वर्षीय हासिम नदाफ। उनी एक वर्षसम्म पनि रेल पालले छोपेर राखेको देख्दा नदाफ निराश छन्। उनी भन्छन्, ‘कोइलाबाट चल्ने ट्रेन देखें, स्टिम इन्जिनवाला ट्रेन पनि देखें आधुनिक ट्रेन आफ्नै जन्मभूमिमा गुडेको देख्ने धोको छ। पूरा हुने संकेत छैन।’ 



स्थानीय प्रतापकुमार भगतलाई पनि रेल आएको दिन वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि जस्तो खुसी लागेको थियो। उनले रेल गुड्ने आशा फेरि निराशामा परिणत हुन थालेको बताए।

Metro Mart
vianet

रेल गुडाउन के छ समस्या ?

जनकपुरदेखि जयनगरसम्म रेल्वे ट्र्याक तयार छ। रेल सञ्चालन गर्न के समस्या छ त? नेपाल रेल्वे कम्पनीका नवनियुक्त प्रबन्ध सञ्चालक निरञ्जन झा तत्काल रेल गुड्ने अवस्था नरहेको बताउँछन्। दुई सेट रेल खरिद भएर आइसके पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको उनले बताए। ‘रेलसम्बन्धी कानुन प्रतिनिधिसभाबाट पारित भइसकेको छैन। प्राविधिक विषयमा पनि समस्या छ,’ झाले भने। 

रेल्वे ट्र्याक, स्टेसन, भवन, कर्मचारी आवास निर्माण गरेको भारतको इस्कन कम्पनीले अझै नेपाल सरकारलाई हस्तान्तरण गरेको छैन। भारतीय निर्माण कम्पनीले भौतिक संरचना नेपाललाई हस्तान्तरण नगरेकाले पनि रेल गुडाउन समस्या रहेको झा बताउँछन्। 


भाडा निर्धारण, यात्रु बिमा, दुर्घटना लगायतबारे कुनै मापदण्ड बनाइएको छैन। संसद्मा विचाराधीन विधेयक पारित भए रेल सञ्चालनका लागि सहज हुने उनको भनाइ छ।

रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोकण रेल्वे कम्पनीले केही साताअगाडि मात्रै सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिइसकेको छ।

नेपाल सरकारले भुक्तानी नगरेको भन्दै कोकणले सम्झौता रद्द गर्ने भन्दै रेल्वे कम्पनीलाई पत्र पठाएको थियो। झाले कोकण कम्पनीलाई सम्झौताअनुरूप रकम भुक्तानी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 

कोइला इन्जिनदेखि आधुनिक इन्जिनसम्मको यात्रा

१९९४ सालमा विवाह पञ्चमीका दिन तत्कालीन इस्ट कम्पनीले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्म सञ्चालनमा आएको थियो। रेल्वेको लम्बाइ ५२ किमि थियो। २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित भयो। सुरुमा कोइला तथा दाउरा प्रयोग गरी चलाइएको थियो। २०१८ सालदेखि यात्रु ओसारपसार हुन थियो।


रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो। २०२५ सालमा यसको नाम जनकपुर–जयनगर रेल्वे राख्ने निर्णय भयो। रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजंग थापा नियुक्त भएका थिए। २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीका रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको थियो।।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ। जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू समेटेर सरकारलाई प्रतिवेदन बुझाएको थियो। जसमा ७५ प्रतिशत रेल्वे ‘स्लिपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदानप्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो।


प्रकाशित: Sep 18, 2021| 09:34 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।