आइतबार, असोज ४, २०८३

नेपाल प्रहरीको ३२औं आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

 |  शुक्रबार, भदौ १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १३, २०८२

काठमाडौं-  नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन्।

हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङलाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित: Aug 29, 2025| 13:58 शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्