शुक्रबार, फागुन २९, २०८२

भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

नयाँदिल्ली– भारतमा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।

National life

पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५८७ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीले जनाएका छन्। भारतमा अहिले पनि ४ लाख हजार ५२९ जना संक्रमित अवस्थामै छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १८ हजार ६९५ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार ३० व्यक्तिको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

तमिलनाडुमा १ लाख ७५ हजार ६७८ संक्रमित रहेका छन्। राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २३ हजार ७४७ कोरोना भाइरस संक्रमित छन्।

प्रकाशित: Jul 21, 2020| 13:40 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।