सोमबार, जेठ १८, २०८३

मोरङ प्रहरीले सुरु गर्‍यो पीडितसँगको भेटघाट कार्यक्रम

कानुन बमोजिम उचित न्यायिक अनुभूति गराउने उद्देश्यले मोरङ प्रहरीले पीडितसँगको भेटघाट कार्यक्रम सुरु गरेको जनाएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

विराटनगर- ३५ वर्षअघि भदौ १८ गते भएको खुन डाँका मुद्दामा संलग्न रही फरार रहेका मोरङ कटहरी गाउँपालिका–७ तकियाका ८७ वर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई गत भदौ ९ गते प्रहरीले पक्राउ गर्‍यो। ३५ वर्षपछि उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही भएको जानकारी गराउन मोरङ प्रहरी प्रमुखसहितको टोली विराटनगर-३ का ८५ वर्षीय धर्मध्वज थापा क्षेत्रीको घरमै पुग्यो। 

National life

पीडित भेट्न प्रहरी प्रमुखसहितको टोली घरमै आउँदा थापा खुसी पनि भए। उनले लामो समयपछि न्याय पाएको बताए। पीडित थापाले भने, ‘प्रहरीको यो अभियानको प्रशंसासमेत गर्छु।’ 

कानुन बमोजिम उचित न्यायिक अनुभूति गराउने उद्देश्यले मोरङ प्रहरीले पीडितसँगको भेटघाट कार्यक्रम सुरु गरेको जनाएको छ। 'पीडकलाई कानुन बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानुन बमोजिम उचित न्यायिक अनुभूति गराउनु हाम्रो उद्देश्य हो', मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए।

असोज १ बाट जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी इकाईसमेतले पीडित पुनः भेटघाट कार्यक्रम सुरु गरेका छन्। 

इलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारीसमेतले पीडित पुनः भेटघाट कार्यक्रमको सुरूवात गरेको र पीडितहरूले प्रहरी घरमै आएर प्रत्यक्ष भेटघाट गरी कानुनी परामर्श, प्रक्रियाको जानकारी र पीडकलाई कानुनी कारबाही सम्बन्धमा जानकारी गराउँदा पीडितहरूले खुसी व्यक्त गरेको प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

Shivam cement

प्रकाशित: Sep 18, 2021| 08:11 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।