बिहीबार, भदौ ४, २०८३

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको शुक्रबार राति मृत्यु भएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

विराटनगर- विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको शुक्रबार राति मृत्यु भएको छ। विराटनगर महानगरपालिका–६ मा प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर–११ का ६० वर्षीय रामलखन साहको मृत्यु भएको हो। 

साँझ ६ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा राति १२ : ३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका बताए।

तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका साहको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालक विराटनगर–६ का अन्दाजी ३० वर्षीय ओमप्रकाश कामतको खोजी तीव्र पारिएको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित: Sep 18, 2021| 07:39 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।