बुधबार, भदौ १०, २०८३

टिभीमा समाचार वाचन गर्दागर्दै जब दाँत भाँच्चियो

टेलिभिजनमा ‘लाइभ शो’ मा अनेक प्रकारका चुनौती हुन्छन्। प्राविधि समस्याहरु सबैभन्दा धेरै हुन्छन्।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

एजेन्सी- टेलिभिजनमा ‘लाइभ शो’ मा अनेक प्रकारका चुनौती हुन्छन्। प्राविधिक समस्याहरु सबैभन्दा धेरै हुन्छन्।

तर युक्रेनकी एक समाचार वाचिकाले जुन किसिमको चुनौतीको सामना गरिन् र आफ्नो कर्ममा अडिग रहिन् त्यो उल्लेखनीय छ। उनको यो चुनौती सामना गर्ने सामर्थ्यको धेरै ठाउँबाट प्रशंसासमेत भइरहेको छ।

सामाजिक सञ्जालहरुमा हाल एउटा भिडियो भाइरल भइरहेको छ। जसमा युक्रेनकी एक समाचार वाचिका मरिच्का पाडाल्को लाइभ समाचार वाचन गरिरहेकी थिइन्। त्यहीबेला उनको अगाडिको एउटा दाँत खस्यो।

तर उनी यस्तो अवस्थामा पनि आफूलाई केही पनि नभएको जस्तो गरेर सम्हालिँदै समाचार वाचन गरिरहिन्। उनले आफ्नो दाँत खसेको कसैले थाहा नपाउने गरी समाचार वाचन गरिरहिन्।

मरिच्का पाडाल्कोले यो भिडियोलाई आफ्नै इन्स्टाग्राममा पोस्ट गरेकी छन्। साथै उनले आफ्नो प्रतिक्रिया पनि राखेकी छन्।
उनले लेखेकी छन्, ‘समाचार प्रस्तोताका रुपमा मैले काम गर्न लागेको २० वर्ष भएको छ। यो अवधिमा मैले यस्तो अजिवको अनुभव पहिलो पटक गरेँ।’

समाचार वाचन गरिसकेपछि आफ्ना साथीहरुले सँधै तिम्रो दाँत त्यसरी टुटेर खस्ने गरेको र सहजै सम्हाल्ने गरेको जसरी तिमिले समाचार वाचन गरिरह्यौँ भनेको स्मरण गर्दै उनले भनेकी छन्, ‘मेरो दाँत यसअघि कहिल्यै झरेको थिएन।’

पाडाल्कोले आफ्नो पोष्टमा लेखेकी छन्, ‘साँच्चै भन्नुपर्दा यो घटना कसैले थाहा पाउँदैनन् जस्तो मलाई लागेको थियो। तर दर्शकहरुले थाहा पाइहालेछन्।’

उनका अनुसार १० वर्षअघि छोरीसँग खेल्दै गर्दा उनकी छोरीले अलार्म घडी उनीतर्फ फ्याँकेकी थिइन्, जसकाकारण उनको दाँत भाँचिएको थियो। त्यसपछि लगाएको अर्को दाँत समाचार वाचन गर्दागर्दै खस्यो।

यो घटनापछि उक्त समाचारको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ। पाडाल्कोले आफ्नो त्यो अवस्थाको भिडियोमा सबैले सकारात्मक प्रतिक्रिया दिएको र हौसला प्रदान गरेको बताएकी छन्।

हेर्नुहाेस् भिडियाे

प्रकाशित: Jul 18, 2020| 16:15 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।