बिहीबार, भदौ ४, २०८३

२० ग्राम खैरो हेरोइनसहित कञ्चनपुरबाट ३ जना पक्राउ

झन्डै २० ग्राम लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। शुक्रबार उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। 
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

धनगढी- झन्डै २० ग्राम लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। शुक्रबार उनीहरूलाई कञ्चनपुरबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। 

पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय रमेश दमाई, सोही ठाउँ बस्ने ३७ वर्षीय तपेन्द्र स्वाँर र भारत उत्तर प्रदेश बरेलीका २८ वर्षीय मोहमद आरिफ छन्।

लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बेदकोट नगरपालिका–३ शंकर ईट्टाभट्टा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

उनीहरुका साथबाट १९.९७ ग्राम खैरो हेरोइन, दुई थान मोटरसाइकल बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Jul 30, 2021| 19:51 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।