बुधबार, भदौ १०, २०८३

गीता अरोरा : चार पटक बिहे, चारै श्रीमान इन्काउन्टरमा मारिए

देह व्यापार चलाएको आरोपमा भारतको दिल्ली अदालतले गीता अरोरा उर्फ सोनु पञ्जाबनलाई दोषी ठहर गरेको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

एजेन्सी- देह व्यापार चलाएको आरोपमा भारतको दिल्ली अदालतले गीता अरोरा उर्फ सोनु पञ्जाबनलाई दोषी ठहर गरेको छ।

दोषी ठहर भएसँगै उनको झण्डै १५ वर्ष लामो देह व्यापारको यात्रा समाप्त भएको छ।

असली नाम गीता अरोरा भएकी सोनुले भारतका थुप्रै सहरमा देहव्यापार चलाएको आरोप छ। यो क्रममा उनी कयौँ पटक जेल गएकी छन् तर पहिलो पटक अदालतले उनलाई दोषी ठहर गरिदिएको छ।

एक पाकिस्तानी शरणार्थीकी छोरी सोनुले हरियाणाका नामुद ग्याङ स्टार विजयसँग प्रेम बिवाह गरेकी थिइन्। विजयको सन् १९९८ मा उत्तर प्रदेशको गाजियावादमा इन्काउन्टर भयो।

त्यसपछि सोनु पञ्जाबन नजफगढका दीपक नाम गरेका एक सवारी साधन चोरसँग नजिकिइन्। थुप्रै चोरीको आरोप लागेका दीपकलाई पनि प्रहरीले सन् २००३ मा इन्काउन्टर गरेर मारिदियो।

साेनु सन् २००३ सम्म गीता अरोराकै नामबाट चिनिने गरेकी थिइन्। दीपकको पनि इन्काउन्टर भएपछि बेसहारा बनेकी उनले दीपककै भाइ हेमन्तसँग बिहे गरिन्। हेमन्तसँग बिहे गरेपछि गीताको नाम फेरियो, सोनु पञ्जाबनमा।

सन् २००६ मा प्रहरीले गीताका तेस्रो श्रीमान हेमन्तलाई पनि इन्काउन्टर गर्यो। गुडगाउँमा प्रहरीले हेमन्तलाई इन्काउन्टर गरिदिएपछि सोनु फेरि पनि एक्ली बनिन्।

हेमन्त मारिएपछि अशोक बन्टी नामका एक व्यक्तिसँग सोनुको भेट भयो। अशोकले सोनुलाई देह व्यापारमा लगाए। केही वर्षपछि दिलशाद गार्डन प्रहरीले अशोक बन्टीको पनि इन्काउन्टर गर्यो।

चौथो श्रीमानको मृत्यु भएपछि सोनुले देह व्यापारको धन्दा एक्लै सम्हाल्न थालिन्। देहव्यापारमा लागेपछि उनीविरुद्ध किशाेरी अपहरण, जवरजस्ती देहव्यापार गराएकाे लगायतका आराेपहरु लाग्न थाले। 

त्यसपछि उनी थुप्रै पटक पक्राउ परे पनि पर्याप्त प्रमाणहरु नहुँदा उन्मुक्ति पाइरहिन्। पछिल्लाे पटक भने दिल्ली अदालतले उनलाई जेल सजाय ताेकेकाे छ।

दिल्लीको गीता क्लोनीमा जन्मिएकी गीता उर्फ सोनु पञ्जाबनका पिता ओम प्रकाश अरोरा पाकिस्तानी शरणार्थी हुन्।

उनीहरु पाकिस्तानबाट हरियाणाको रोहतकमा आएर बसेका थिए। हरियाणा बसेको केही समयपछि ओम प्रकाश अरोरा दिल्ली गएर रिक्सा चलाउन थालेका थिए गीता भने परिवारकाे सम्पर्कबाट टाढिँदै गएकी थिइन्।

जागरणबाट साभार

प्रकाशित: Jul 17, 2020| 16:45 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।