शुक्रबार, फागुन २९, २०८२

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा ७ जनाको मृत्यु

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बिहीबार अपरान्ह दुई वटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बिहीबार अपरान्ह दुई वटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ।

National life

दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ। तर, यसको विस्तृत विवरण भने आएको छैन।

मुम्बईको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ। मुम्बईमा गएको तीन दिनदेखि भारी वर्षा जारी छ। सो वर्षाका कारण उक्त भवन भत्किएको अनुमान गरिएको छ।

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। मुम्बईको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो। भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन्।

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ। मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिएका थिए। मुम्बईको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ ।

Laxmi sunrise bank
kumari

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जिवीतै उद्वार गरिएको पनि जनाएका छन्। त्यसैगरी मुम्बईकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ । सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले जानकारी दिएका छन्।
रासस

प्रकाशित: Jul 17, 2020| 12:19 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।