मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आसाममा बाढीको वितण्डा : ५९ जनाको मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

आसाममा बाढीको वितण्डा : ५९ जनाको मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको छ।

आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ। ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन्।

बुधबार रातिसम्म बाढीमा परी आसामका ५९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। बाढी आउने क्रम जारी रहेको समाचारमा उल्लेख छ। गएको मंगलबारदेखि अविरल रुपमा पानी परिरहेको र बुधबार रातिसम्म ती व्यक्तिको निधन भएको छ।

आसामका मात्र ३० जिल्ला बाढीबाट प्रभावित भएका छन्। बाढीमा परी ४५ लाख ४० हजार जनाभन्दा बढी मानिसहरु प्रभावित हुन पुगेको जनाइएको छ। भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारी वर्षासँगै आएको बाढीमा परी आसाममा मात्रै लाखौँ मानिस घरबार बिहिन भएका छन्।

ब्रह्मपुत्र र उसको सहायक नदीमा पानीको बहाब अझै पनि खतराको संकेत माथि छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ । त्यस राज्यमा ४२६ ओटा उद्धार शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ ।

ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् ।
रासस

प्रकाशित: Jul 16, 2020| 12:29 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।