मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलका राष्ट्रपतिको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

ब्राजिलका राष्ट्रपतिको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

ब्राजिलका राष्ट्रपति जाएय बोलसोनारोको दोस्रोपटक परीक्षण गर्दा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

ब्राजिलका राष्ट्रपति जाएय बोलसोनारोको दोस्रोपटक परीक्षण गर्दा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

उनी आफैंले फेसबुक लाइभ गरेर आफू अझै पनि कोरोना संक्रमित रहेको जानकारी दिएका छन्।

यद्यपि आफूलाई ज्वरो आउने तथा सास फेर्न समस्या हुने कुनै लक्षण नदेखिएको उनले बताएका छन्। उनी अहिले हाइड्रोक्सीक्लोरोक्विन सेवन गरिरहेका छन्। यो मलेरियाका बिरामीले खाने औषधि हो।

६५ वर्षीय राष्ट्रपतिलाई जुलाई ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा क्वारेन्टिनमा छन्।

कोरोना भाइरसलाई बोलसोनारोले गम्भीर रुपमा नलिएको भन्दै आलोचना हुने गरेको छ। उनी ब्राजिलमा लकडाउन गर्ने पक्षमा पनि थिएनन्।

कोरोनाबाट अति प्रभावित देशको सूचीमा ब्राजिल दोस्रो नम्बरमा छ। त्यहाँ अहिलेसम्म १९ लाख ६६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ७५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

 

प्रकाशित: Jul 16, 2020| 09:03 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।