मंगलबार, साउन १२, २०८३

पठाओका संस्थापक सलेहको अमेरिकामा हत्या आशंका

पठाओ (राइड सेयर) व्यवसायका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत फहिम सलेहको हत्या गरिएको आशंका गरिएको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

पठाओ (राइड सेयर) व्यवसायका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत फहिम सलेहको हत्या गरिएको आशंका गरिएको छ।

३४ वर्षीय सलेहको शव सोमबार अमेरिकाको न्युयोर्कमा भेटिएको बीबीसीले जनाएको छ। उनको मृत्युका बारेमा प्रहरीले केही विवरण सार्वजनिक गरेको छैन।

पठाओले उनको मृत्युको पुष्टि गरेको छ। ‘हाम्रा संस्थापक र कार्यकारी प्रमुखलाई अप्रत्यासित रूपमा गुमाउनुपर्दा शोकमग्न छौं’, कम्पनीले बुधबार भनेको छ।

उनको घरको सीसीटीभी फुटेजमा उनी लिफ्टमा प्रवेश गर्दा उनीसँगै मास्क लगाएको मानिस देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

शवमा ठाउँठाउँमा चोट लागेको र नजिकै एउट विद्युतीय हतियार पनि भेटिएकाले उनको हत्याको आशंका गरिएको छ।

उनको हत्या कुनै आपराधिक समूहले गरेको हुन सक्ने आशंका अधिकारीहरूले गरेका छन्।

उत्कृष्ट सेवाका कारण पठाओ नाइजेरिया र बंगलादेशमा निकै चर्चित छ। लकडाउनअघि पठाओ नेपालमा पनि लोकप्रिय थियो।

मोटरसाइकल र ट्याक्सीका माध्यमबाट राइडर सेयर गर्ने यो व्यवसायलाई नेपाली युवाले रोजगारीको वैकल्पिक माध्यम बनाएका थिए भने सहरी क्षेत्रमा महँगा ट्याक्सीका सट्टा पठाओका मोटरसाइकलमा चढ्न पाउँदा यात्रा छिटो र सस्तो थियो।

तर लकडाउनका कारण यो सेवा अहिले ठप्प छ। 

प्रकाशित: Jul 15, 2020| 19:00 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।