मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा रेडलाइट एरिया खोलिए लाखौं यौनकर्मी संक्रमित हुनसक्ने, भ्याक्सिन नबनेसम्म नखोल्न सुझाव

भारतमा रेडलाइट एरिया खोलिए लाखौं यौनकर्मी संक्रमित हुनसक्ने, भ्याक्सिन नबनेसम्म नखोल्न सुझाव

कोरोना महामारीको समयमा भारतीय यौनकर्मीहरूको अवस्थाबारे भएको एउटा अध्ययनले रेडलाइट क्षेत्र खोलिए एक वर्षमा कम्तिमा चार लाख यौनकर्मी कोरोनाको चपेटामा पर्ने देखाएको छ। तीमध्ये हजारौंको मृत्यु हुने पनि अध्ययनको निष्कर्ष छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

कोरोना महामारीको समयमा भारतीय यौनकर्मीहरूको अवस्थाबारे भएको एउटा अध्ययनले रेडलाइट क्षेत्र खोलिए एक वर्षमा कम्तिमा चार लाख यौनकर्मी कोरोनाको चपेटामा पर्ने देखाएको छ। तीमध्ये हजारौंको मृत्यु हुने पनि अध्ययनको निष्कर्ष छ।

अध्ययनका अनुसार कोरोनाका कारण हुने प्रत्येक पाँच मृत्युमा तीनको मृत्यु रेडलाइट एरियामा हुन सक्नेछ। एक यौनकर्मी संक्रमित भए सयौं मानिसमा संक्रमण फैलिने भएकोले स्थिति भयावय हुने अध्ययनको निष्कर्ष छ।

बीबीसीका अनुसार अध्ययनकर्ता अभिषेक पाण्डेय र सह–अध्ययनकर्ता डा. सुधार वि नुटीले केन्द्र सरकार र राज्य सरकारलाई कोरोनाको खोप विकास नहुञ्जेल रेडलाइट एरिया बन्द राख्न सुझाव दिएका छन्।

अध्ययनले कोरोनाको संक्रमणका क्रममा यौनकर्मीहरूलाई दक्ष श्रमिक बनाउने दिशामा कदम चाल्न पनि सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: Jul 15, 2020| 07:20 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।