शुक्रबार, असार २०, २०८२

के मृत्युपछि पनि मान्छे ज्युँदो फर्किन सक्छ?

के कोही मृत्युपछि पनि ज्युँदो फर्किनसक्छ? भन्ने प्रश्न उठ्न सक्छ। मानिसको शरीर एक बायोलोजिकल प्रोसेसमा आधारित हुन्छ। हाम्रो शरीरले कसरी काम गर्छ भन्ने बुझ्नुभन्दा पहिले शरीरको कार्यप्रणालीलाई बुझ्नु आवश्यक हुन्छ।
 |  शुक्रबार, असोज १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

vianetvianet
काठमाडौं- जीवन र मृत्युसँग जोडिएका विषयमा जो कोही मानिस जान्न उत्सुक हुन्छन्। यस्ता थुप्रै रहस्य छन्, जो आजसम्म पत्ता लाग्न सकेका छैनन्।

विश्वमा दिनहुँ केही न केही अनौठो घटना भइरहेका हुन्छन्। मृत्यु भइसकेको व्यक्ति पनि ज्युँदो फर्किएको भन्दै समाचार भाइरल बन्छ। कतिपय अवस्थामा त चिकित्सकले मृत घोषणा गरेका व्यक्ति पनि ज्युँदो फर्किएका घटना हामीले सुन्ने गरेका हुन्छौं।

के कोही मृत्युपछि पनि ज्युँदो फर्किन सक्छ? उत्तर जटिल छ। वैज्ञानिक तथ्यलाई आधार मानेर भन्ने हो भने मानिसको शरीर एक 'बायोलोजिकल प्रोसेस'मा आधारित हुन्छ। हाम्रो शरीरले कसरी काम गर्छ भन्ने बुझ्नुभन्दा पहिले शरीरको कार्यप्रणालीलाई बुझ्नु आवश्यक हुन्छ। 

हाम्रो कोषिकाभित्र थुप्रै 'केमिकल रियाक्सन' हुन्छ। यस रियाक्सनमा एटीपी नामक ऊर्जा हुन्छ। त्यो हाम्रो शरीरका लागि निकै महत्त्वपूर्ण हुन्छ। हाम्रो शरीरका कोषहरूले यसै एटीपी ऊर्जाको प्रयोगबाट आफ्नो ग्रोथ, रिप्रोडक्सन र रिपेयरिङको काम गरिरहेका हुन्छन्।

कोषिका कमजोर हुँदै जाँदा शरीर कमजोर हुन्छ। यसले हाम्रो शरीर शिथिल हुनपुग्छ। शिथिलता बढ्दै गयो भने मानिसको मृत्यु हुन्छ। यसरी हेर्ने हो भने हाम्रो शरीरभित्रका कोषिका कमजोर हुँदा मृत्यु हुन्छ भन्ने हो।

यस्तो अवस्थामा मृत्यु भएपछि पनि के मानिस ज्युँदो फर्किन सक्छ भन्ने प्रश्न उठ्नसक्छ। प्रश्नको उत्तर 'हो' वा 'होइन' दिन सकिन्न। किनकि विज्ञान पनि सम्भावनाको खोजीमा हुन्छ। विज्ञानले अहिलेसम्म कोषिकालाई दोस्रो पटक जीवित गर्न सकेको छैन।

वैज्ञानिकहरूले केही मानिसको मृत शरीरलाई 'इन क्रायोजेनिक ट्याङ्कर'मा राखेर यसबारे अध्ययन गरिरहेका छन्। वैज्ञानिकहरू केही गरी कोषिकालाई जीवित पारे मृत शरीरमा प्राण फर्काउन सकिन्छ कि भन्ने अध्ययनमै लागिरहेका छन्।

इन क्रायोजेनिक ट्याङ्कमा व्यक्तिको शरीरलाई राख्दा भित्रका कोषिका फ्रिज हुन पुग्छन्। भविष्यमा कुनै अध्ययन गर्दा ती कोषिकालाई फेरि पनि न्यानो बट्सको माध्यमबाट रिपेयर गर्न सकिन्छ। तर, धर्मले भने मानिसको शरीर मरे पनि आत्मा कहिले नमर्ने विश्वास गर्छ।
– एजेन्सीको सहयोगमा
प्रकाशित: Sep 17, 2021| 12:49 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।