काठमाडौं- दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जी मण्डेलाको निधन भएको छ।
उनको आज ५९ वर्षको उमेरमा निधन भएको हो। मण्डेलाकी कान्छी छोरी जिन्जी दक्षिण अफ्रिकाको तर्फबाट डेनमार्कका लागि राजदूत थिइन्।
सरकारी टेलिभिजनत साउथ अफ्रिका ब्रोड्कास्टिङ कर्पोरेशनकाअनुसार जिन्जीको आज (सोमबार) बिहान जोहानेसबर्गस्थित एक अस्पतालमा निधन भएको हो।
सन् १९८५ मा रंगभेदी आन्दोलन र हिंसाविरुद्ध बोल्ने सर्तसहित नेल्सन मण्डेल जेलबाट रिहा हुँदा जिन्जीले आफूलाई यस्तो सर्त स्वीकार्य नभएको भनेर एक सार्वजनिक वक्तव्य दिएपछि चर्चामा आएकी थिइन्।